सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
५ महिना अघि 236 Views
५ महिना अघि 236 Views
४ वर्ष अघि 142 Views
४ वर्ष अघि 120 Views
४ वर्ष अघि 115 Views
४ वर्ष अघि 134 Views
४ वर्ष अघि 113 Views
पुस २३, २०७८ – डेस्क – काठमाडौँ — नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता काैशल मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको एस-जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु (२२%) एस-जिन नेगेटिभ पत्ता लागेको छ ।
एस-जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरुको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरुमा भेरिएन्ट पुष्टि भएको प्रवक्ता मिश्राले जानकारी दिएकी छिन् ।
मन्त्रालयले मंसिर २० गते नेपालमा पहिलाेपटक ओमिक्राेन पुष्टि भएकाे जनाएकाे थियाे । मंसिर २० गते एक जना विदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का व्यक्तिमा ओमिक्रोन पुष्टि भएको थियो । त्यसपछि पुस ७ गते एक जनामा ओमिक्रोन पुष्टि भएको थियो । याेसँगै नेपालमा २७ जनामा ओमिक्राेन भेरिएन्ट पुष्टि भएकाे छ ।
प्रवक्ता डा. मिश्राले ओमिक्राेन भेरिएन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीहरूको चापलाई मध्यनजर गर्दै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन र उपचारका लागि आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामग्रीहरूको पर्याप्त जोहो गर्न र स्वास्थ्यकर्मीहर”लाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताएकी छिन् ।
