सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
५ महिना अघि 235 Views
५ महिना अघि 235 Views
४ वर्ष अघि 142 Views
४ वर्ष अघि 120 Views
४ वर्ष अघि 115 Views
४ वर्ष अघि 134 Views
४ वर्ष अघि 113 Views
पुस २० । डेस्क । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई डेढ महिनाअघि कालो झन्डा देखाएकी एक महिलालाई गोली हानिएको छ।
बिबिसी हिन्दीका अनुसार सोमबार साँझ उत्तर प्रदेशकी रिता यादवलाई अज्ञात समूहले गोली हानेको हो। खुट्टामा गोली लागेकी यादवको अहिले उपचार भइरहेको छ। उनलाई गोली हान्नेहरू फरार छन्।
यादवले गत नोभेम्बर १६ मा पूर्वाञ्चल एक्सप्रेस वेको लोकार्पण गर्न जाँदा सुल्तानपुरमा मोदीलाई कालो झन्डा देखाएकी थिइन्। उनलाई तत्काल प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो। दुई दिनपछि उनी जमानतमा रिहा भएकी थिइन्।
पहिला समाजवादी पार्टीमा रहेकी रिता गत डिसेम्बरमा कंग्रेस आई पार्टीमा प्रवेश गरेकी थिइन्।
उत्तर प्रदेशमा केही समयपछि विधान सभाको चुनाव हुँदैछ।