सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
३ महिना अघि 173 Views
३ महिना अघि 173 Views
३ वर्ष अघि 108 Views
३ वर्ष अघि 85 Views
३ वर्ष अघि 90 Views
३ वर्ष अघि 103 Views
३ वर्ष अघि 78 Views
रौतहट २७ फागुन ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका ३ चनडियाका समाजसेवी वडा अध्यक्ष भावी प्रत्याशी जनसमुदायको चाहेता चन्दन तिवारीको पहल र Dukfoundation नामक संस्थाको आर्थिक सहयोग मा एक दिवसीय नि : शुल्क आँखा शिविर गरिएको छ । नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालको आयोजना र समाजसेवी तिवारीको बिशेष पहलमा शिविरमा छनौट भएका मोतियाबिन्दुका बिरामीहरुको नि : शुल्क शैलक्रिया गरिने शिविर कार्यक्रम गरिएको छ ।
राजदेवी नगरपालिकाको नगर प्रमुख धिरेन्द्र कुमार सिंहको प्रमुख अतिथियमा भएको नि : शुल्क आँखा शिविरमा ३०० जना भन्दा बढी बिरामीहरुको चेकजांच गरिएको छ । जांच गरिएको मध्ये ८८ जना मोतियाबिन्दु , चस्माको आवस्यक ६१ जना र औषधि हाल्ने १४० भन्दा बिरामीहरु भेटिएको छ ।
शरीरको महत्वपूर्ण अंगहरु मध्ये आँखा महत्वपूर्ण रहेकोले आँखा सम्बन्धि बच्चा,युवा बृद्ध बृद्धाहरु समान्य समस्या र बुढेशकालमा मोतियाबिन्दुका समस्या बढी हुनेगरेकोले बिरामीहरुको लागि शिविर संचालन गरिएको समाजसेवी तिवारीले बताएका छन् ।
कार्यक्रम अनिल सिह , त्रिभुवन ओझाको विशिष्ठ अतिथियमा , नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पतालको कर्मचारी लगाएत समाजसेवी, बुध्जिवी गाउका भर्भाला आदमी ,संचारकर्मी, सुरक्षाकर्मी, जानसमुदाय उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण भुपेश पटेलले गरेका थिए ।