डेस्क – कास्की – पुस २२ २०७८ – प्रदेशमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०७ जनामा गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका १३, म्याग्दीका १, पर्वतका १, बागलुङका २, स्याङ्जाका ३ र नवलपरासी पूर्वमा २ जना रहेका प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

योसँगै प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ८८ हजार ५२२ पुगेको छ । प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २७ रहेकोे छ । गण्डकीमा पछिल्लो चौबिस घण्टामा थप ७ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ९२६ पुगेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५७ हजार १९ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १६९ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये १४८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २८, २०७९ बुधबार 142 Views

Windows 11: Release date, price, and new features

  मंग्सिर २७, २०७९ मंगलबार 120 Views

How to remove or uninstall graphics drivers in Windows 11

  मंग्सिर २७, २०७९ मंगलबार 115 Views

Screen Recorder & Video Editor ScreenPal

  मंग्सिर २७, २०७९ मंगलबार 134 Views

Download all Android Phones Drivers for USB Connection to the Computer

  मंग्सिर २७, २०७९ मंगलबार 113 Views

How to Install and Update a Computer Driver


TOP