सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
५ महिना अघि 234 Views
५ महिना अघि 234 Views
४ वर्ष अघि 142 Views
४ वर्ष अघि 120 Views
४ वर्ष अघि 115 Views
४ वर्ष अघि 134 Views
४ वर्ष अघि 112 Views
काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्ने क्रम जारी राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुनको मूल्य तोलामा थप २,४०० रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।
आजको वृद्धिसँगै छापावाल सुनको मूल्य प्रति तोला ३,०३,८०० रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुनको मूल्य ९,२०० रुपैयाँले बढेर ३,०१,४०० रुपैयाँ पुगेको थियो।
पछिल्लो एक साताको उतारचढाव:
गत हप्ता आइतबारदेखि नै सुनको मूल्यमा निरन्तर दबाब देखिएको थियो। सोमबार ४,२०० र मंगलबार २,७०० रुपैयाँले मूल्य बढेको थियो भने गत साताको आइतबार ६०० रुपैयाँको सामान्य वृद्धि देखिएको थियो।
सुनसँगै चाँदीको मूल्यले पनि आज ऐतिहासिक रेकर्ड बनाएको छ। आज चाँदी तोलामा २९० रुपैयाँले बढेर ६,४८० रुपैयाँ पुगेको छ। यो मूल्य पनि नेपालको इतिहासमा आजसम्मकै उच्च हो।
अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र अन्य आर्थिक कारणले गर्दा नेपाली बजारमा सुनचाँदीको भाउले दैनिक नयाँ उचाइ चुमिरहेको व्यवसायीहरू बताउँछन्।