डेस्क पुस २२, २०७८ — महोत्तरीको गौशाला नगरपालिका ४ स्थित रजखोरबाट ८ किलो गाँजासहित ४ व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार रजखोरका ७० वर्षका रामचन्द्र साहको घरबाट बिक्रीको लागि राखिएको ३ किलो गाँजासहित साह र उनका २१ वर्षका नाति रोहित पक्राउ परेका हुन् ।

त्यस्तै गौशलाकै रजखोरबाट ५३ वर्षका उपेन्द्र साहको घरबाट तयारी अवस्थाको ५ किलो गाँजासहित उपेन्द्र र उनका छोरा १९ वर्षका विवेक साहलाई नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनले रामचन्द्रको घरबाट डिजिटल तराजु एक थान, ११ सय नेपाली रुपैयाँ र उपेन्द्रको घरबाट एक थान डिजिटल तराजुसहित ६ हजार ५ सय रुपैयाँ नगद बरामद गरिएको जनाए ।

पक्राउ परेकालाई जिल्ला अदालत महोत्तरीबाट लागूऔषध गाँजा मुद्दामा ५ दिन म्याद थपी अनुसन्धान अघि बढाइएको डिएसपी विष्टले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २८, २०७९ बुधबार 107 Views

Windows 11: Release date, price, and new features

  मंग्सिर २७, २०७९ मंगलबार 84 Views

How to remove or uninstall graphics drivers in Windows 11

  मंग्सिर २७, २०७९ मंगलबार 90 Views

Screen Recorder & Video Editor ScreenPal

  मंग्सिर २७, २०७९ मंगलबार 102 Views

Download all Android Phones Drivers for USB Connection to the Computer

  मंग्सिर २७, २०७९ मंगलबार 78 Views

How to Install and Update a Computer Driver


TOP