पुस १९ काठमाडौं । डेस्क । पछिल्लो २४ घण्टामा देशभर ३२६ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ४९८ वटा नमुना स्वाबको परीक्षण गर्दा ३२६ वटाको नतिजा पोजिटिभ आएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।

त्यस्तै आज २५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP