विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को महामारी अझै निर्मुल भइसकेको छैन । नेपालमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ । यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो ।

पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार अपराह्न दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि, आइतबार २१६ जनामा, सोमबार ३२६ जनामा र मंगलबार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा १० हजार २६७ वटा नमुना परीक्षण गर्दा ४३५ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार छ हजार ६१५ जनामा गरिएको पीसीआर परीक्षणमा ३७० जनामा र तीन हजार ५५२ जनामा एन्टिजेन परीक्षण गर्दा

६५ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २२५ रहेको छ । पछिल्लो २४ घण्टामा जना २३९ डिस्चार्ज भएका छन् भने मृत्यु कसैको पनि नभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २८, २०७९ बुधबार 149 Views

Windows 11: Release date, price, and new features

  मंग्सिर २७, २०७९ मंगलबार 128 Views

How to remove or uninstall graphics drivers in Windows 11

  मंग्सिर २७, २०७९ मंगलबार 119 Views

Screen Recorder & Video Editor ScreenPal

  मंग्सिर २७, २०७९ मंगलबार 142 Views

Download all Android Phones Drivers for USB Connection to the Computer

  मंग्सिर २७, २०७९ मंगलबार 118 Views

How to Install and Update a Computer Driver


TOP