सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
३ महिना अघि 171 Views
३ महिना अघि 171 Views
३ वर्ष अघि 107 Views
३ वर्ष अघि 84 Views
३ वर्ष अघि 89 Views
३ वर्ष अघि 102 Views
३ वर्ष अघि 76 Views
पुस १८ रौतहट । प्रदेश २ सरकार शीतलहर बाट प्रभावितलाई राहत दिनेबारे छलफल गर्दै छन् भन्ने सचिवालय ले जनाएको छ । बिहीबार परेको वर्षासँगै प्रदेश २ मा अत्यधिक चिसो बढेको छ । दिनभरि चल्ने चिसो हावाले विहान र राति हुस्सुसमेत लाग्ने गरेको छ ।
चिसोमा गरिब विपन्न तथा दैनिक मजदुरी गर्ने वर्ग बढी प्रभावित हुने गरेका छन् । धनुषा कमला नगरपालिका ९ का दुबरकोट हथलेटवाका ६० वर्षीय रोजाई मन्सुरले भने समान्य दिन त जेनतेन गुजरि हाल्छ । वर्षायाम र शीतलहरमा आफ्नो दैनिकी पहाड जस्तो लाग्न थाल्छ । दैनिक मजदुरी गरेर घरपरिवारको गुजरा गर्ने मन्सुरले भने,‘चिसो छल्न न्यानो कपडा चाहिन्छ, तर कोरोना कालमा रोजगारी गुमेर घरपरिवारको दुई छाक टार्न धौंधौं पर्छ । कहाँबाट न्यानो कपडा खरिद गरौं ।
चिसो बढ्दै गएपछि गरिब विपन्न, दलितहरुको सहरा पराल बनेको छ । महोत्तरी गौशाला नगरपालिका मलहनियाका मुसर समुदाय परालबाट बनाएका डास्नाको छोछ्यान छ भने राति परालबाट बनेको च्टाई नै ओडने गरेका छन् । विगतका वर्षहरुमा केही संघ संस्थाले राहत दिएका थिए, स्थानीय चुनचुन सदाले भने,‘ति कम्बल च्यातिइसकेको छ । त्यसकारण पराल नै चिसोको छल्न हाम्रो सहरा बनेको छ ।
चालु आर्थिक वर्षमा अहिलेसम्म चिसोका कारण ज्यान गुमाएको बारे जानकारी नआए पनि पछिल्ला चार वर्षमा प्रदेश २ मा चिसोले मात्रै ७४ जनाको मृत्यु भएको छ । गत वर्ष मात्रै चिसोका कारण प्रदेशमा १० जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म रौतहटमा सबभन्दा बढी ३२, सप्तरीमा १८, सिरहामा ७, पर्सामा ६, धनुषामा ४,महोत्तरी र सर्लाहीमा ३/३ र बारामा १ जनाको मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यसैबीच, प्रदेशमा अत्यधिक चिसो बढेसँगै प्रदेश २ सरकारले गरिब विपन्नको लागि आवश्यक तयारी थालेको छ । प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जाडो प्रभावित वर्गमा कम्बल, न्यानो लुगाा तथा दाउरा वित्तरण गर्ने तयारी गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले भने,‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी थालेका छौ, केही दिनभित्रै जिल्ला जिल्लामा रहेका विपन्न वर्गलाई कम्बल वित्तरण गरिने छौ ।’ ‘शीतलहरबाट जोगिन पुर्व तयारीको विषयमा प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल भएको बताउदै मन्त्री साहले भने,‘चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।
प्रदेश नीतिक तथा योजना आयोगको अनुसार प्रदेश २ का १५ प्रतिशत जनता चिसोबाट प्रभावित हुँदै आएका छन् । खास गरि विपन्न दलित समुदायसँग चिसोमा न्यायो कपडा नहुदाँ उनीहरु बढी प्रभावित हुने गरेको आयोगमा उपसभापति डा. भोगेन्द्र झाले बताए ।