दुई पक्षबीच भएको झडपमा परी घाइतेको उपचारको क्रममा मृत्यु भएपछि आरोपितलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित परिवार र आफन्तले बाराको कलैया-वीरगन्ज सडककाे सिसहनीयामा प्रदर्शन गरेका छन् ।

गत कात्तिक २५ मा कलैया-२५ इनर्वामा दुई पक्षबीच भएकाे झडपमा परी घाइते भएका कलैया-१९ का १८ वर्षीय राधेश्याम पटेलकाे गएराति उपचारकाे क्रममा मृत्यु भएको थियो । प्रहरीले आराेपितलाई पक्राउ नगरेकाे विराेधमा पीडित र स्थानीयहरूले बिहीबार प्रदर्शन कलैया-वीरगन्ज सडककाे सिसहनीयामा यातायात अवरूद्ध गरेका हुन् ।

उक्त झडपमा राधेश्यामसहित ४ जना घाइते थिए । घाइते पक्षले प्रहरीमा ८ जनामाथि ज्यान मार्ने उद्याेगमा मुद्दा दर्ता गराएका थिए ।

पीडित परिवराको उजुरीपछि प्रहरीले कलैया -१९ पञ्चायनपुरका ३५ वर्षीय नाजिर हुसेनलाई पक्राउ गरेकाे थियाे । हुसेन पुर्पक्षकाे लागि अदालतकाे आदेशमा कारागारमा छन् । बाँकी सात जनामाथि मुद्दा दर्ता भएपनि प्रहरीले पक्राउ गरेकाे छैन ।

प्रहरी नायब उपरिक्षक राजेश थापाले घाइतेकाे मृत्यु पश्चात् मुद्दा कर्तव्य ज्यानमा परिणत हुने भन्दै आराेपितहरूलाई पक्राउ गरिने बताए । यातायात खुलाउन विराेधकर्तासित समन्वय भइरहेकाे र वैकल्पिक बाटाे प्रयाेग भइरहेकाे उनकाे भनाइ छ

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २८, २०७९ बुधबार 108 Views

Windows 11: Release date, price, and new features

  मंग्सिर २७, २०७९ मंगलबार 85 Views

How to remove or uninstall graphics drivers in Windows 11

  मंग्सिर २७, २०७९ मंगलबार 90 Views

Screen Recorder & Video Editor ScreenPal

  मंग्सिर २७, २०७९ मंगलबार 103 Views

Download all Android Phones Drivers for USB Connection to the Computer

  मंग्सिर २७, २०७९ मंगलबार 78 Views

How to Install and Update a Computer Driver


TOP