२९ पुस,डेकास्क  ठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ का संक्रमित लगातार बढ्न थालेका छन् । त्यहाँ कोरोना भाइरसको तेस्रो लहर आक्रामक बन्दै गएपछि दैनिक संक्रमितको संख्या झण्डै साढे २ लाख पुग्न लागेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ४१७ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या मंगलबारको तुलनामा २७ प्रतिशतले बढी हो । योसँगै भारतमा कोरोनाको कहर गत मे महिनाको अवस्थामा पुगेको छ ।

भारतमा १० दिनको अवधिमा कोरोना संक्रमितको संख्या ६ गुणाले बढेको भारतीय समाचार माध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर ८४ हजार ८२५ जना निको भएको र ३८० जनाको मृत्यु भएको पनि समाचारमा उल्लेख छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या बढेर ११ लाख १७ हजार ५३१ पुगेको छ भने दैनिक पोजिटिभिटी दर १३.११ प्रतिशत पुगेको छ । त्यस्तै, कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ५ हजार ४८८ पुगेको छ ।

ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै अर्थात् १३६७ रहेका छन् । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनबाट हालसम्म ७९२ जना संक्रमित भएका छन् । यसबाहेक, दिल्लीमा ५४९, कर्नाटकमा ४७९, पश्चिम बंगालमा २९४ र उत्तर प्रदेशमा २७५ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

यसैबीच, तेस्रो लहर आक्रामक बन्दै गइरहेका बेला औषधि निर्माता कम्पनी भारत बायोटेकले बुधबार आफ्नो खोपको बुस्टर डोजले ओमिक्रोन र डेल्टा भेरियन्टविरुद्ध काम गर्ने बताएको छ । दोस्रो डोज लगाएको ६ महिनापछि कोभ्याक्सिनको बुस्टर डोज लगाउँदा दुवै भेरियन्टविरुद्ध काम गर्ने इमोरी विश्वविद्यालयको अध्ययनले देखाएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २८, २०७९ बुधबार 107 Views

Windows 11: Release date, price, and new features

  मंग्सिर २७, २०७९ मंगलबार 84 Views

How to remove or uninstall graphics drivers in Windows 11

  मंग्सिर २७, २०७९ मंगलबार 90 Views

Screen Recorder & Video Editor ScreenPal

  मंग्सिर २७, २०७९ मंगलबार 102 Views

Download all Android Phones Drivers for USB Connection to the Computer

  मंग्सिर २७, २०७९ मंगलबार 78 Views

How to Install and Update a Computer Driver


TOP