सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
३ महिना अघि 173 Views
३ महिना अघि 173 Views
३ वर्ष अघि 108 Views
३ वर्ष अघि 85 Views
३ वर्ष अघि 90 Views
३ वर्ष अघि 103 Views
३ वर्ष अघि 78 Views
बुधबार, पुस २१, २०७८ । डेस्क । ललितपुरको कुपन्डोलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गए राति १ बजे कुपण्डोलबाट थापाथलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए।
बा ९५ प ५३५४ नम्बरको मोटरसाइकल कुपण्डोल हनुमानथान नजिकै दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका छम्पी घर भएका राजु तामाङ ३१ को मृत्यु भएको हो।
मोटरसाइकलमा सवार गोदावरीको गुरूङचुली टीकाभैरवका ३६ वर्षीय दिपेश तामाङ घाइते छन्।
‘हनुमानथान नजिकै मोडमा काट्न नसकेपछि लडेको जस्तो देखिन्छ,’ प्रहरी उपरीक्षक महर्जनले भने।
दुर्घटना भएपछि प्रहरीले नै उनीहरूलाई पाटन अस्पताल पुर्याएको थियो। राजुलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
यस्तै दिपेशलाई भने काठमाडौंको ट्रमा सेन्टर लगिएको थियो। उनको अवस्था गम्भीर भएको प्रहरी उपरीक्षक महर्जनले बताए।
उनीहरू दुबै जना ललितपुरको मंगलबजारमा डेरा गरी बस्दै आएका थिए। उनीहरू कहाँ जान लागेका थिए भन्ने नखुलेको परिसरले जनाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।