पुस १८ सर्लाही । डेस्क । सर्लाहीको सागरनाथ जंगलमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको छ । इश्वरपुर नगरपालिका ३ बयलबास भक्तिपुर सडकखण्डस्थित सागरनाथ जंगलमा बयलबास तर्फ जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोकिएर बाटो भन्दा १० मिटर तल खसेको थियो ।

दुर्घटनामा ईश्वरपुर नगरपालिका–१० दसबिघा बस्ने वर्ष २२ वर्षिय अरुण सिंह, २० वर्षिय श्रगम बिक र रोहन सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको समय भने यकिन हुनसकेको छैन । मोटरसाइकलसहित तीनजना लडेको अवस्थामा देखेपछि स्थानीयले आइतवार विहान प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनाको समय र कारण खुल्न नसकेपनि मादक प्रदार्थ सेवन अथवा बाक्लु हुस्सुले मोटरसाइकल अनियन्त्रित भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक तीनैजनाको शव जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २८, २०७९ बुधबार 107 Views

Windows 11: Release date, price, and new features

  मंग्सिर २७, २०७९ मंगलबार 84 Views

How to remove or uninstall graphics drivers in Windows 11

  मंग्सिर २७, २०७९ मंगलबार 89 Views

Screen Recorder & Video Editor ScreenPal

  मंग्सिर २७, २०७९ मंगलबार 102 Views

Download all Android Phones Drivers for USB Connection to the Computer

  मंग्सिर २७, २०७९ मंगलबार 76 Views

How to Install and Update a Computer Driver


TOP