सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
४ महिना अघि 226 Views
४ महिना अघि 226 Views
३ वर्ष अघि 137 Views
३ वर्ष अघि 115 Views
३ वर्ष अघि 115 Views
३ वर्ष अघि 133 Views
३ वर्ष अघि 103 Views
रौतहट १६ फागुन ।। रौतहटमा देवाही गोनाही नगरपालिका को मेयरलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगले रंगेहाथ रकम सहित पक्राउ गरेको थियो । जनता समाजवादी पार्टी नेपाल रौतहटका अध्यक्ष तथा देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेललाई मिति २०७८ फाल्गुण १५ गते वेलुकी अं.३÷४ वजेको समयमा नगरपालिकाको आफ्नै कार्य कक्षमा बसेको वेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंको टोलीले गरेको छापामारीको सम्बन्धमा हाम्रो ध्यानाकर्षण भएको जनता समाजवादी पार्टी नेपाल रौतहटले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

नगर प्रमुख पटेललाई सुनयोजित ढङ्गवाट विपक्षीले चेक तथा नगद रुपैया सहित षडयन्त्र पूर्ण तरिकावाट फसाईएकोमा घटनाको सत्य तथ्य तथा निष्पक्ष रुपमा छानविन गर्न मांग गर्दै षडयन्त्रकारी व्यक्तिलाई कानूनी दायरामा ल्याउन जोडदार रुपमा सम्बन्धीत निकाय समक्ष प्रेस विज्ञप्ती मार्फत मांग गरेका छन् ।
निष्पक्ष रुपमा छान विन गरिएन भन्ने कडा रुपमा आन्दोलन गर्न वाध्य हुने व्यहोरा यसै प्रेस विज्ञप्ती मार्फत सम्बन्धीत सबैमा जानकारी गराएको जिल्ला सचिव अरविन्द कुमार यादवको हस्ताक्षर सहित प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।