सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
४ महिना अघि 226 Views
४ महिना अघि 226 Views
३ वर्ष अघि 137 Views
३ वर्ष अघि 115 Views
३ वर्ष अघि 115 Views
३ वर्ष अघि 133 Views
३ वर्ष अघि 103 Views
पुस १९ रौतहट ।। हनुमत कु. यादव ।। रौतहट जिल्लाको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले जेष्ठ नागरिक सम्मान कार्यक्रम सुरु गरेको छ । नयाँ सोच युवा जोसले प्रभाव पार्ने नगर प्रमुख गुप्ताले सुरु गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रम आज गौर नगर पालिका वडा नम्बर १ टोलमा आज जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बाट सम्मान गरिएको हुन । सामाजिक सुरक्षा भत्ता लिई रहेका ७० बर्ष उमेर भन्दा माथिका बृद्ध बृद्धालाइ सम्मान गर्ने उदेश्यले नगर प्रमुख अजय कुमार गुप्ताले यस्तो अभियानको शुरुवात गरेको हो ।
सन्तानले आफ्नो बुवा आमालाइ बृद्ध अवस्थामा सम्मान,सेवा,सहयारसुसार गरोस भन्ने लक्ष्य लिएर अभियान शुरु गरेको नगर प्रमुख गुप्ताले बताएका छन् । गौर नगरपालिका वडा नम्बर १ मा सोमवार आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख गुप्ताले नगरपालिका भरिका जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यक्रम रहेको बताएका छन् ।
बृद्धा अवस्थामा आर्थिक आयआर्जन नगर्न सकेको कारण आफ्नो शरिर आफै हेरचाह सरसफाई ,खाना खान नसक्ने अवस्था रहेकोले बृद्धा अवस्थामा रहेका अभिभावकलाइ अपमान नगरी सम्मान गर्नु पर्ने संदेश यो अभियानले दिने प्रस्ट पारे । करिव २ हजार भन्दा बढी संख्या रहेको जेष्ठ नागरिक महिला पुरुषलाइ कम्बल , होर्लिक्स , टर्च , दोसल्ला,गम्छा प्रदान गर्ने निर्धारण गरिएको उल्लेख गर्दै जेष्ठ नागरिकलाइ चिसोबाट जोगिनको लागि न्यानो कपडा दिने गरिएको बताए ।
जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत न प का वडा १ मा १०३ जना जेष्ठ नागरिक महिला पूरुषलाइ उक्त सामग्री दिएर सम्मान गरिएको बताएका छन् ।
सम्मान पाएका जेष्ठ नागरिकहरुले नगर प्रमुखको कार्य सरहानिय रहेको भन्दै खुशी व्यक्त गरेका छन् । नगर पालिकाबाट पाएको कम्बल र दोसल्लाबाट चिसो छल्न सहयोग पुग्ने उहाहरु हर्सितहुदै आफनो खुसिसहित आफनो आशिर्वाद व्यक्त गरेका हुन् ।