सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
३ महिना अघि 173 Views
३ महिना अघि 173 Views
३ वर्ष अघि 108 Views
३ वर्ष अघि 85 Views
३ वर्ष अघि 90 Views
३ वर्ष अघि 103 Views
३ वर्ष अघि 78 Views
डेस्क पुस २२, २०७८ — महोत्तरीको गौशाला नगरपालिका ४ स्थित रजखोरबाट ८ किलो गाँजासहित ४ व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार रजखोरका ७० वर्षका रामचन्द्र साहको घरबाट बिक्रीको लागि राखिएको ३ किलो गाँजासहित साह र उनका २१ वर्षका नाति रोहित पक्राउ परेका हुन् ।
त्यस्तै गौशलाकै रजखोरबाट ५३ वर्षका उपेन्द्र साहको घरबाट तयारी अवस्थाको ५ किलो गाँजासहित उपेन्द्र र उनका छोरा १९ वर्षका विवेक साहलाई नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनले रामचन्द्रको घरबाट डिजिटल तराजु एक थान, ११ सय नेपाली रुपैयाँ र उपेन्द्रको घरबाट एक थान डिजिटल तराजुसहित ६ हजार ५ सय रुपैयाँ नगद बरामद गरिएको जनाए ।
पक्राउ परेकालाई जिल्ला अदालत महोत्तरीबाट लागूऔषध गाँजा मुद्दामा ५ दिन म्याद थपी अनुसन्धान अघि बढाइएको डिएसपी विष्टले जानकारी दिए ।