सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको ३ लाख ३ हजार ८ सय पुग्यो, चाँदी पनि ऐतिहासिक उचाइमा
३ महिना अघि 173 Views
३ महिना अघि 173 Views
३ वर्ष अघि 108 Views
३ वर्ष अघि 85 Views
३ वर्ष अघि 90 Views
३ वर्ष अघि 103 Views
३ वर्ष अघि 78 Views
रौतहट २४ भदौ ।। रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकामा श्रोत नखुलेको रकम सहित १ जना भारतीय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.१ स्थित गौर भन्सार कार्यालय अगाडी चेकजाँच गर्ने क्रममा पक्राउ परेका छन् ।

नेपाल भारतको गौर-बैरगिनिया सिमानाकामा चेकजाँच गर्ने क्रममा २३ गते बिहिवारका दिन भारतको बैरगिनियाबाट गौर तर्फ पैदल आउँदै गरेको भारत बिहारको जिल्ला सितामढी नगरपंचायत बैरगनियाँ वडा नं.१ पटेल टोला बस्ने अन्दाजी ४५ वर्षीय लक्ष्मि कुमार साहको साथबाट श्रोत नखुलेको नेपाली रुपैया ४,९५,०००/-(चार लाख पन्चानव्वे हजार) फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् ।
पक्राउ परेको लाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीले जनाएका छन् ।